११ श्रावण २०८३, सोमबार
Follow Us

छाडा कुरा गर्नेमा पुरुष भन्दा महिला अगाडि यस्तो छ कारण

नेपालब्रिटेन संवाददाता
२० असार २०८३, शनिबार १८:४९

एजेन्सी । यौन सम्बन्धी छाडा कुरा र झुटा सन्देश पठाउनेमा पुरुष भन्दा महिला अगाडि रहेको तथ्य फेला परेको छ ।

जर्नल अफ कम्प्युटर्स इन ह्युमन विहेवियरमा प्रकाशित एक अध्ययनमा सहभागी भएका मध्ये २४ प्रतिशत पुरुषले यस्ता सन्देश पठाउने गरेको पाइयो भने करिव दोब्बर ४५ प्रतिशत महिलाले यस्तो सन्देश आदान प्रदान गर्ने गरेको तथ्य फेला परेको छ ।

अनुसन्धानकर्ताहरुले कलेजका १५५ जना छात्रछात्राबीच यस्तो अश्लिल सन्देशका विषयमा अध्ययन गरेका थिए । ६२ जना महिला र ९३ जना पुरुषले यो अध्ययनमा सहभागिता जनाएका थिए ।

अमेरिकाको इण्डियाना विश्वविद्यालयका सहप्राध्यापक मिसेले डोउरिनले अध्ययनका क्रममा सेक्स सम्बन्धी छाडा सन्देश पठाउँदा झुटो बोल्ने गरेको पाएको बताइन् । पार्टनरालाई खुसी तुल्याउन यस्तो झुटो बोल्ने गरेको अध्ययनमा सहभागीले बताएको मिसेले बताइन ।

त्यसैगरी पुरुषलाई खुसी तुल्याउन पनि महिलाले यौन सम्बन्धी झुटा कुरा बोल्ने गरेको अध्ययनका क्रममा देखियो ।

धेरै पढिएको