१३ जेष्ठ २०८१, आईतवार
Follow Us

साइन रेसुंगा बैंकका कर्मचारी मृत भेटिए

नेपालब्रिटेन संवाददाता
३ पुष २०८०, मंगलवार ०६:१५

बुटवल । बुटवलस्थित साइन रेसुंगा बैंकमा कार्यरत गुल्मीका एक कर्मचारी मृत भेटिएका छन्। बुटवल ट्राफिकचोकको कर्जा शाखामा कार्यरत प्रकाश शर्मा बुटवलकै पर्यटकीयस्थल फूलबारीमा सोमबार मृत भेटिएका हुन्।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार उनी बुटवल-११ देविनगरमा कोठा भाडामा बस्दै आएका थिए। उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको थापाले जानकारी दिए।