१२ श्रावण २०८१, शनिबार
Follow Us

बालुवाटारमा प्रधानमन्त्री ‘प्रचण्ड’, देउवा र ओलीबीच भेटवार्ता

नेपालब्रिटेन संवाददाता
८ पुष २०८०, आईतवार ०६:३१

काठमाडौँ । बालुवाटारमा शीर्ष दलका तीन नेताबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरूको बैठक बसेको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफल सङ्क्रमणकालीन न्यायको विषयमा केन्द्रित रहेको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ। बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि उपस्थित सहभागी थिए।

आज विशेष पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओली
कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलनको आयोजना आयोजना गदै छन्। आइतवार दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा विशेष पत्रकार सम्मेलनको आयोजना गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म मध्य पहाडी लोक मार्गमा (बैतडीको झुलाघाट देखि पाँचथरको झुलाभञ्ज्याङसम्म) पदयात्रा गरेको थियो ।

यात्राका क्रममा सङ्कलन गरिएका मध्य पहाडका समस्या, एमालेले बटुलेको अनुभव, समीक्षा र सन्देशका बारेमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न अध्यक्ष ओली सहितका केन्द्रीय पदाधिकारीको उपस्थितिमा विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागिएको एमालेले जनाएको छ ।