११ श्रावण २०८१, शुक्रबार
Follow Us

नायिका प्रियंका कार्की अभिनित कमल मान सिंहको  ‘मायालु ‘ सार्वजनिक (भिडियो)

प्रतिक्षा शर्मा
९ पुष २०८०, सोमबार ०४:०४

काठमाण्डौं । केहि समय देखि विभिन्न टेलिभिजन रियालिटी सोहरुमा  ब्यस्त नायिका प्रियंका कार्की पुन: म्युजिक भिडियोहरुमा देखिन थालेकी छिन एक हप्ता अगाडि हरिबंश आचार्यको मानव बेचबिखन बिरुदको सन्देशमुलक गीतमा देखिएकी प्रियंका अभिनित अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

दर्जनौ हिट गीतहरुका गायक कमल मान सिंहले क्रिसमस र अंग्रेजी नयाँ बर्षको अवसर पारेर सार्वजनिक गरिएको गीत ‘मायालु ‘को  भिडियोमा नायिका प्रियंका कार्की रोमान्टिक अवतारमा प्रस्तुत भएकी छिन । भिडियोमा प्रियंका राष्ट्रबैंक निर्देशक चन्दसँग नवरुपमा प्रस्तुत भएकी हुन् ।

कमल मान सिंहको नै शब्द, संगीत रहेको गीतमा बाबु प्रधानको एरेन्ज रहेको छ। रोमन मार्सको सिनेमाटोग्राफी र सुप्रीम पराजुलीको सम्पादन रहेको भिडियोलाई स्वयं कमलमान सिंहले नै निर्देशन गरेका हुन्। २ दशक भन्दा अगाडी देखि नेपाली सागीतिक सक्रिय पपगायक कमल मान सिंहको दर्जनौ गीतहरु स्रोत दर्शकमाझ लोकप्रिय छन् ।