२३ बैशाख २०८१, आईतवार
Follow Us

कमल थापाको नेतृत्वमा मन्त्री किराँतीको भक्तपुरमा पुत्ला दहन

प्रतिक्षा शर्मा
९ पुष २०८०, सोमबार ०४:२९

भक्तपुर । राप्रपा नेपाल भक्तपुरले पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा आज संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातिको पुत्ला दहन गरेको छ। ९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीहरुको आस्था र विश्वास माथि मन्त्री किरातीले प्रहार र अपमान गरेको भन्दै उनिहरुले पुत्ला दहन गरेका हुन् । मन्त्री किरातीले आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै उनिहरुले मन्त्री किरातीलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका छन् । भक्तपुरको मध्यपुर ठिमिमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता बिष्णु भट्टराईले मन्त्री किरातीको चर्को बिरोध गर्दै तत्काल बर्खास्त गर्नुपर्ने माग गरे ।
कार्यक्रम अघिको बैठकमा बोल्दै अध्यक्ष कमल थापाले आन्दोलनको बाताबरण निर्माण गर्न र व्यापक तयारीमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे । थापाले बृहत मोर्चाको आबश्यकता औल्याउँदै राष्ट्रबादी देशभक्त र प्रजातन्त्रबादी शक्ति एक ठाउँमा आएर संघीय गणतान्त्रिक भ्रष्ट ब्यबस्थाको अन्त्य आबश्यक भएकोमा जोड दिए । पार्टीले आगामी पौष १६ गते भक्तपुरमा बिरोध सभा गर्ने निर्णय गरेको छ ।