२२ बैशाख २०८१, शनिबार
Follow Us

‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार’ रेग्मीलाई

नेपालब्रिटेन डट कम्
१० पुष २०८०, मंगलवार ०५:५७

पर्वत । परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसन अन्तर्रास्ट्रिय समन्वय समितिले हरेक वर्ष प्रदान गर्दै आइरहेको ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार’ यस वर्ष पनि वितरण गरेको छ ।

सोमबार पर्वतको हुवासमा आयोजित एक समारोहकाबीच सञ्चारकर्मी सञ्जय रेग्मीलाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार– २०२३’ प्रदान गरिएको हो । नआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसन अन्तर्रास्ट्रिय समन्वय समितिले हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

अघिल्लो वर्ष चितवनको माडीमा एक समारोहको आयोजना गरी एसोसिएसनले ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार’ नेपालमा क्रियाशील १० पत्रकारका संस्थाहरुलाई प्रदान गरिएको थियो ।

यस अघि अमेरिकाको क्यालिफोर्नियामा बसेको संस्थाको सचिवालय बैठकले यस वर्षको ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार’ सञ्चारकर्मी रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको थियो । पुरस्कारको राशी ५१ हजार रुपैयाँ र ताम्रापत्र रहेको छ ।

पर्वतमा रहेर विशेषत ग्रामिण क्षेत्रका समाचारहरु लेख्दै आएका रेग्मीको त्यस क्षेत्रमा गरेको योगदानको उच्च मूल्यांकन गर्दै यस वर्षको ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार’ प्रदान गरिएको एसोसिएसनका अध्यक्ष माधव मरासिनीले जानकारी दिनुभयो ।

पर्वतमा पुरस्कार वितरण समारोहलाई एसोसिएशनको नेपालस्थित साझेदार संस्था देउराली फाउण्डेशनले गरेको हो । पुरस्कार वितरण समारोहमा एनआरएन प्रतिनिधिको रुपमा देउराली फाउन्डेशनका अध्यक्ष भीम घिमिरे र बुद्धि विश्वकर्मा, गाउँपालिका अध्यक्ष तोरन मल्ल ठकुरी, लगायतको उपस्थिति रहेको थियो ।