१२ श्रावण २०८१, शनिबार
Follow Us

लोसपाले राजेन्द्र महतोलाई कारबाही गर्ने !

नेपालब्रिटेन संवाददाता
१२ पुष २०८०, बिहीबार १४:१३

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई कारबाही तयारी गरेको छ । वरिष्ठ नेता महतोले केही दिनदेखि पार्टीको हितविपरीत गतिविधि गरिरहेको भन्दै उनलाई अनुशासनको कारबाही गर्ने तयारी भइरहेको लोसपाका एक नेताले जानकारी दिएका छन । यस्तैपार्टीका महासचिव डा. सुरेन्द्र झाले भने, ‘महतोज्यू पार्टीको दोस्रो मुख्य व्यक्ति हुनुहुन्छ, र पार्टीकै विरुद्धमा बोल्दै हिँड्नु भएको छ ।

यो पार्टीको अनुशासन विपरीत कार्य हो । यसमा उहाँलाई कारबाही हुनसक्छ ।’ नेता महतोले पछिल्लो समय पार्टीको हित विपरीत गर्दै आएका गतिविधिको बारेमा पार्टीले अध्ययन गरिरहेको महासचिव झाकोले बताएका छन ।

महतोले बोलेका विषयमा विश्लेषण भइरहेको पनि उनले बताएका छन । महासचिव झाका अनुसार महतोले पार्टी र पार्टीका अध्यक्ष महन्थ ठाकुरको बारेमा स्तरहीन अभिव्यक्तिहरु दिइरहेकाले पार्टीमा छलफल गरेर उनलाई कारबाही गर्न सकिने बताएका छन ।

पार्टीका अध्यक्ष ठाकुरले सार्वजनिक गरेको केन्द्रीय समितिको नामावलीमा नेता महतोलाई चित्त बुझेको छैन । उनले आफ्ना थुप्रै मान्छे छुटेको भन्दै उनीहरुलाई समावेश गर्न माग गरेका छन् ।