३ जेष्ठ २०८३, आईतवार
Follow Us

एनआरएनए केन्द्रीय पदाधिकारीबीच जिम्मेवारी बाँडफाँड – कसले कुन जिम्मेवारी लिए?

नेपालब्रिटेन संवाददाता
१९ चैत्र २०८२, बिहीबार १९:४०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय पदाधिकारीहरूबीच विभागीय जिम्मेवारी बाँडफाँड गरिएको छ । संघको विधानअनुसार उपाध्यक्षहरूलाई विभागीय जिम्मेवारी तोक्ने वैधानिक प्रावधान रहेको छ ।

नयाँ कार्यविभाजनअनुसार अध्यक्ष डा. हेमराज शर्माले ‘रिब्रान्डिङ एनआरएनए’को जिम्मेवारी सम्हाल्ने भएका छन् ।

उपाध्यक्षहरूमध्ये रोजिना प्रधान राईलाई नागरिकताको निरन्तरता, रविन शेरचनलाई लगानी, खगेन्द्र न्यौपानेलाई वैदेशिक रोजगार, राधिका गुरुगंलाई सडक बालबालिका सहयोग बुद्धि सुवेदीलाई पोलिसी एड्भोकेसी, चिन्तामणि सापकोटालाई भोटिङ राइट, कृष्ण तिमल्सीनालाई आर्थिक प्रशासन तथा सोम सापकोटालाई सूचना तथा सञ्चार विभागको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, महासचिव डा. चिरञ्जीवी खड्काले प्रशासन प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

जिम्मेवारी यसरी तोकिए छ ।

Screenshot

Screenshot

धेरै पढिएको