लण्डन – अन्तर्राष्ट्रिय महिला नेतृत्व सशक्तीकरण र महिला अभियन्ताहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) यूरोप महिला क्षेत्रले विशेष भर्चुअल कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी आइतवार, अप्रिल ५, २०२६, मा सञ्चालन हुने यूरोप महिला उपसंयोजक किरण सिग्देलले जानकारी गराइन्।
कार्यक्रम नेपाल समय अनुसार साँझ ६:०० बजे र युरोप समय अनुसार दिउँसो २:१५ बजे सुरु हुनेछ। यस विशेष कार्यक्रममा विभिन्न देशमा क्रियाशील नेपाली महिला नेतृत्व, पेशाकर्मी र अभियन्ताहरूको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा डा. विमला राई पौडेल (पूर्व परराष्ट्र मन्त्री) उपस्थित हुनेछन्। त्यस्तै, विशिष्ट अतिथिहरूमा सेवा लम्साल (नेपाली राजदूतावास, बेल्जियम) र सुम्निमा तुलाधर (नेपाली राजदूतावास, डेनमार्क) रहनेछन्। यसबाहेक, एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा विशेष अतिथिको रूपमा कार्यक्रममा सहभागी हुने आयोजकले जानकारी दिएको छ।
आयोजकका अनुसार, कार्यक्रममा महिला नेतृत्व विकास, प्रेरणादायी अनुभव आदानप्रदान तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली महिलाहरूको योगदानबारे विस्तृत छलफल गरिनेछ। यस कार्यक्रमले महिला सशक्तीकरणको अभियानलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।
हुने उक्त कार्यक्रममा सहभागी हुन चाहनेहरूले तल दिइएको विवरण प्रयोग गर्न सक्नेछन्:
