१२ श्रावण २०८१, शनिबार
Follow Us

मन्चन हुँदै नाटक गुलाफ

नेपालब्रिटेन संवाददाता
१३ पुष २०८०, शुक्रबार ०५:५६

नाटक गुलाफ मन्चन हुने भएको छ । रंगकर्मी रामहरि ढकालको परिकल्पना र निर्देशनमा पुस ११ गतेबाट मन्डला नाटकघरमा नाटक मन्चन गरिने भएको हो । नाटकमा यशोधराको भूमिका कलाकार दीया मास्के र सरिता साहले निभाएका छन्।

सिद्धार्थ गौतमले नवजात शिशु राहुल, श्रीमती यशोधरा र राज्य त्याग गरेर गएपछि यशोधरामा परेको मानसिक उतारचढाव नै नाटकको विषयवस्तु हो। ठेट्ना आर्ट्स र मण्डला थिएटरको प्रस्तुति रहेको यस नाटकलाई आर्ट एण्ड कल्चर नर्वे, नोर्दिक कल्चर फन्ड, फुक नोले सहयोग गरेको छ भने नेपालमा एक्टर्स स्टुडियो र थिएटर मलले प्रदर्शन सहयोगीको भूमिका गरेका छन्।

नाटकमा देव न्यौपानको ध्वनि संयोजन, उमेश तामाङको प्रकाश संयोजन, सञ्जिता पराजुलीको भेषभुषा, हुम बिसीको मञ्च निर्माण, अनामिका गौतमको आवरण कला र केदार श्रेष्ठको रहेको छ । नाटक पुस २२ गते सम्म मन्चन गरिने छ ।