१२ श्रावण २०८१, शनिबार
Follow Us

ईपीएस परीक्षाको फारम भर्न रोक नलगाउन उच्चको आदेश

नेपालब्रिटेन संवाददाता
१३ पुष २०८०, शुक्रबार ११:२१

काठमाडौं । उच्च अदालत पाटनले सीप बिल्डिङमा आवेदन दिएकाहरू इच्छुक सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ ।

न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले तर्क बहादुर पल लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो ।

निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई उल्लेखित मिति २०८०।८।१९ को सूचना बमोजिम मिति २०८०।९।२ बाट खुल्ला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’ आदेशमा भनिएको छ’ ..

अदालतको आदेशसँगै उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएका सवैका लागि आवेदन दिन बाटो खुला भएको छ । यसअघि मुद्दा हालेका १८ जनालाई निवेदकलाई मात्र आवेदन गर्न पाउने आदेश जारी गरेको थियो । सवैले फर्म भर्न नपाएपछि युवाहरु आन्दोलित बनेका थिए । यसै विषयलाई लिएर बलकुमारीमा आज भएको प्रर्दशनको क्रममा आज दुई जनाको मृत्यु भएको छ ।