८ आश्विन २०८२, बुधबार
Follow Us

मुक्तिनाथ दर्शन गरेर फर्किँदै गरेका पर्यटकको मृत्यु

nepalbritain news
१४ श्रावण २०७६, मंगलवार ०२:३५

पोखरा । मुस्ताङमा आज एक भारतीय तीर्थयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको हैदरावादका ६३ वर्षीय प्रसन्न कुमार रहेको गण्डकी प्रदेश प्रहरी प्रदेश कार्यालय पोखराले जनाएको छ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित मुक्तिनाथ मन्दिरमा दर्शन गरी फर्कने क्रममा कुमारलाई जोमसोममा मुटुको समस्या देखिएको थियो।

जोमसोम अस्पतालमा उपचार गराई फर्कने क्रममा अचानक ढलेर बेहोश भएका उनको अस्पताल पुर्याए लगत्तै मृत्यु भएको थियो।

रासस

धेरै पढिएको