१४ असार २०८१, बिहीबार
Follow Us

६ सय प्रतियोगीलाई उछिनेर बेल्जियमको टप मोडल प्रतियोगिताको फाइनलमा पुगिन् स्तुती

नेपालब्रिटेन डट कम्
१४ पुष २०८०, शनिबार १०:०१

लण्डन । बेल्जियमको टप मोडेल प्रतियोगिताको फाइनलमा एक जना दोस्रो पुस्ताकी गैरआवासीय नेपाली पुगेकी छन् ।

बेल्जियमको मोडेल किड्स प्रतियोगितामा फाइनल राउन्डमा स्तुती बस्नेत सो प्रतियोगिताको फाइनलमा प्रवेश गरेकी हुन् ।

बेल्जियमको लुभेन शहरमा बस्ने बुद्ध बस्नेत र सुनीता बस्नेतकी छोरी स्तुतीले एक बर्ष भन्दा बढी टप मोडेल एक्याडेमीमा तालिम लिएकी थिइन् ।

टप मोडेल वेल्जियम एकेडेमीको आयोजनामा वेल्जियमको एन्त्रोपन शहर स्थित सान मार्को भिलेजमा आयोजना हुने फेसन शो प्रतियोगिता आगामी १३ जनवरीमा हुँदैछ ।

प्रतियोगितामा कडा प्रतिस्पर्धाबीच सेमी फाइनलमा हुँदै फाइनलमा पुग्न सफल स्तुतीलाई नेपाली समुदायको साथ र सहयोग भएमा फाइनलमा टाइटल जित्न अवसर खुल्नेछ ।

६३४ जना प्रतियोगी रहेको उनको टिममा हाल ६० जना रहेका छन् ।

उक्त प्रयोगिता जित्नेलाई १ बर्षको सम्म पटक पटक गरी फोटो टुर गर्न पाउने, किड्स म्यागेजिन र किड्स फेशनका लागि फोटो शुट लगायत अन्य बिज्ञापनहरुमा खेल्न पाउने लगायतका प्रोत्साहन पुरस्कार प्रदान गरिने छ ।

एकेडेमीले हरेक बर्ष गर्दै आएको यो प्रतियोगिता यस बर्ष २१ औ संस्करण हो । Vote For Istuti