११ श्रावण २०८१, शुक्रबार
Follow Us

राष्ट्रिय सभा उम्मेदवारको नाम सभापतिजीको खल्तीमा पहिल्यैदेखि छः महामन्त्री थापा

नेपालब्रिटेन संवाददाता
१५ पुष २०८०, आईतवार ०६:१०

काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्नेको नाम पार्टीका सभापतिको शेरवाहादुर देउवाको खल्तीमा रहेको दाबी गरेका छन । भक्तपुरको एक कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन ।

उनले प्रदेशले सिफारिस गरेपनि पार्टीका सभापतिको कोटको खल्तीमा उम्मेदवार बन्नेको नाम पहिल्यै रहने बताएका छन । उनले भने, ‘राष्ट्रिय सभाको ९ जना उम्मेदवार बनाउनु छ। प्रदेशलाई तीन जना छान भनेर पठाएको, प्रत्येकले ३ सय जनाको नाम पठाएको छ।

कुल २१ सय मानिसको नाम छ, ‘काँटछाँट गर्दा हजार पुग्छन्। सभापतिजीले कोटको खल्तीमा पहिल्यै नाम राखिरहनुभएको छ । खल्तीबाट ढ्याप्प नाम निकाल्नुहुन्छ।’ महामन्त्री थापाले यसअघिका सभापतिको पालमा पनि त्यस्तै हुने बताएका छन ।

‘म भएपनि त्यही हो। अन्तिममा सभापतीले कोटको खल्तीबाट निकालने हो। सभापतिले निकाल्न बाँकी भएको सभापतिसँग लड्नुभएको छायाँ सभापतिले निकाल्नुहुन्छ। टाउको गन्ने हो। सभापतिज्युले भनेपछि धन्यवाद भने भइहाल्छ,’ उनले भने।