२२ फाल्गुन २०८२, शुक्रबार
Follow Us

जुम्लामा ज्ञानेन्द्र शाहीको प्रारम्भिक अग्रता

नेपालब्रिटेन संवाददाता
२२ फाल्गुन २०८२, शुक्रबार ०६:१९

काठमाडौं । देशभरका ५० भन्दा बढी निर्वाचन क्षेत्रमा मतगणना जारी रहँदा रक्षात्मक देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्लाबाट आफ्नो अग्रताको खाता खोलेको छ । प्रारम्भिक मतगणनाको परिणामअनुसार जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले प्रतिस्पर्धीलाई पछि पार्दै अग्रता हासिल गरेका हुन् ।

पछिल्लो विवरणअनुसार, जुम्लामा कुल ३ सय मत गणना हुँदा राप्रपाका शाहीले १३५ मत प्राप्त गरेका छन् । उनलाई नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीले १०३ मतका साथ पछ्याइरहेका छन् । जुम्लाको यो प्रतिस्पर्धामा हालसम्म राप्रपा र कम्युनिस्ट उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ ।

अन्य ठूला दलहरूको अवस्था भने यस क्षेत्रमा निकै सुस्त देखिएको छ । नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले २५ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार शान्तिलाल महत २३ मतमा सीमित भएका छन् । त्यस्तै, भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको पक्षमा भने मात्र २ मत खसेको छ । गणना भएका मतमध्ये १० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धेरै पढिएको