२२ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानमन्त्री कप क्रिकेट हेर्न एनआरएनए टोली कीर्तिपुर मैदानमा

नेपालब्रिटेन डट कम्
२८ पुष २०८०, शनिबार ०४:०३

क्यानको अतिथि बन्यो एनआरएनए

प्रतिक्षा शर्मा । काठमाण्डौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा आज देखि हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता हेर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोली कीर्तिपुर मैदानमा पुगेको छ ।

क्यानले सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता पुस २८ देखि माघ २० गतेसम्म हुनेछ ।


आयोजक क्यानको निमन्त्रणमा सो राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्धघाटनमा संघका अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष हेम राज शर्मा, संघका प्रमुख कार्यकारी अध्यक्ष राजेन्द्र कुमार राउत लगायतको उपस्थिति रहेको छ । एनआरएनए टोलीलाई नेपाल खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष रोशन सिंह र सचिव पारश खड्काले खेल मैदानमा स्वागत गरेको थियो ।

प्रतियोगिताका खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानी क्रिकेट मैदानका साथै सिद्धार्थ रंगशाला भैरहवामा हुनेछन् । सो प्रतियोगिताको मुख्य प्रायोजक गैरआवासीय नेपाली संघ हो ।

प्रधानमन्त्री कप पुरुष क्रिकेटमा त्रिवि मैदानमा फाइनलसहित सर्वाधिक १८ खेल हुनेछ । मुलपानी मैदानमा १७ खेल हुनेछ भने भैरहवा मैदानमा ११ खेल हुनेछ ।
सात प्रदेश र ३ विभागीय टिमहरु सहभागी हुने प्रतियोगिताका खेल राउण्ड रोबिन लिगका आधारमा हुनेछन् ।