१५ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई झुटा कुरा सुनाए : डा. बद्री केसी, एनआरएनए अध्यक्ष

नेपालब्रिटेन डट कम्
२९ पुष २०८०, आईतवार ०३:०९

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले संघको निर्वाचन परिणामलाई लिएर पराजित समूहले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई झुटा कुरा सुनाएको बताएका छन् ।
अन्नपूर्ण दैनिकलाई दिएको एक अन्तरवार्तामा दुई हप्ता निर्वाचनको परिणाम रोक्ने भन्ने कुनै सहमति नभएको बताए ।

डा. केसीले भने ‘राति १ बजे निर्वाचनको नतिजा प्रकाशित भएपछि समस्या १ घण्टामा समाधान भयो। भेरोले क्लियरेन्स भएपछि निर्वाचनको नतिजामा समस्या छैन भनेपछि सुत्न गयौं। बिहान ९ बजे पूर्वसहअध्यक्ष कुल आचार्यले टेलिफोन गरेर प्रधानमन्त्री कार्यालयमा रहेको अवगत गराउनुभयो। उहाँहरू प्रधानमन्त्री कार्यालयमा गएर परराष्ट्र मन्त्रीलाई टेलिफोन गराइएछ। निर्वाचनको नतिजालाई रोक्न र त्यसदिन हुने समापन कार्यक्रममा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई उपस्थित हुनुनपर्ने गरी मनाइएछ। मलाई जानकारी नै नगराई कार्यक्रम रद्द भयो। दिउँसो १२ बजे सो कुरा म कार्यकारी अध्यक्षले जानकारी पाएँ। ३ अध्यक्षका उम्मेदवारले गरेको सहमति समापन कार्यक्रम र अन्य कार्यक्रम स्थगित गरेका हौं।’

उनले महाधिवेशन सुरु भएर निर्वाचन समितिले निर्वाचनको प्रक्रिया सुरु गरेपछि निर्वाचनको सबै विषय सोही समितिमा निहित हुने बताए ।

‘कार्यसमितिका व्यक्तिले सो समितिलाई नियन्त्रण गर्न नसकिने भएकाले निर्वाचनका कुनै प्रक्रिया रोकिएका होइनन्। यस्तो सहमति भएको पनि होइन। तर, बाहिर फरक हल्ला रहेछ।’

केसीले भने ‘दुई सातामा छानबिन गर्ने एक जना साथीको धारणामात्र थियो। त्यसमा हामी सहमत थिएनौं। किनभने उहाँहरूको नियत खराब देखियो। अर्कातर्फ नतिजामा कुनै कैफियत थिएन।’

हतार–हतारमा शपथ ग्रहण किन गर्नुभयो भने प्रश्नमा भने ‘नतिजा आएपछि शपथ समितिले विजेतालाई शपथ खुवाउनु सामान्य कुरा हो। नत्र, उहाँहरूको कूप्रयास निर्वाचन विथाल्ने थियो, त्यो सफल हुन्थ्यो। प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई झुटा कुरा सुनाएर आउनुभयो। त्यसपछि विश्वासको वातावरण रहेन। समिति पनि काम समेपछि विघटन हुने हतारमा रहेकाले विजेताले शपथ खानुको विकल्प थिएन। शपथ सही तथा पूर्वनिर्धारित समयमा भएको हो।’

अन्तरवार्ताको पूर्णपाठ