३१ बैशाख २०८१, सोमबार
Follow Us

जय नेपाल फाउन्डेसन अष्ट्रेलिया च्याप्टरको पूर्णता

नेपालब्रिटेन डट कम्
३ माघ २०८०, बुधबार ०३:०७

अष्ट्रेलिय। जय नेपाल फाउन्डेसन अष्ट्रेलिया च्याप्टरलाई आजको बैठकबाट पूर्णता दिएको छ । डा. डिल्ली बन्जाडे अध्यक्ष र अभिमन्यु केसी कार्यकारी सचिवको रुपमा गठन भएको च्याप्टर कमिटीको बोर्ड सदस्यहरुमा डा. राजु अधिकारी, डिल्ली ढकाल, महेन्द्र लम्साल, डा. महेश भण्डारी, डा देवराज पौडेल, कञ्चन पोखरेल, पुरुषोत्तम मिश्र, सोमप्रसाद गुरुङ, जानकी रिमाल पौडेल र रमेश जोशीलाई थप गर्दै पूर्णता दिएको छ ।

आजको बैठकमा जय नेपाल फाउन्डेसन अन्तरराष्ट्रिय कमिटीका अध्यक्ष डा. यादव पण्डितले भावना मिल्ने साथीहरु बिचको नेटवर्किङ्मार्फत आफु रहेको समाज र नेपालमा समेत टेवा पुर्याउने उद्देश्य साथ संस्था स्थापना गरिएको बताउनु भयो ।

अष्ट्रेलिया च्याप्टर अध्यक्ष डा. डिल्ली बन्जाडेले कार्यसमिती बैठक बसी च्याप्टरले आँफै गर्न सक्ने, अन्तरराष्ट्रिय समितीसँग मिलेर गर्ने तथा नेपालमा गर्न सकिने कार्यक्रमको पहिचान गरी गर्नुपर्ने बताउनु भयो ।

सो बैठकमा नेपाल च्याप्टरका अध्यक्ष बद्री अर्याल तथा अष्ट्रेलिया च्याप्टरका पदाधिकारीहरुले आफ्नो धारणा राख्नु भएको थियो ।