१९ बैशाख २०८१, बुधबार
Follow Us

अन्याय भएपछि परराष्ट्र मन्त्रालयबिरुद्ध अदालत जानु पर्ने अवस्था आयो : डा. हेम राज शर्मा, उपाध्यक्ष एनआरएनए (भिडियो)

नेपालब्रिटेन डट कम्
३ माघ २०८०, बुधबार ०४:०१

लण्डन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले संस्थाको नविकरणमा परराष्ट्र मन्त्रालयको खेलेको भूमिकाले अन्याय महशुस भए पछि अदालत जानु पर्ने अवस्था आएको बताएका छन् ।

डा. शर्माले माउण्टेन्ट टिभीलाई दिएको एक अन्तरवार्तामा सम्पूर्ण प्रकृया पुरा भए पछि पनि अन्याय पूर्ण तरिकाले संस्थाको नविकरण परराष्ट्र मन्त्रालयले रोके पछि बाध्य भएर अदालत गएको बताएका हुन् । संघको गत निर्वाचनको विवादमा मन्त्रालय प्रवेश गर्नु गलत भएको बताए ।

डा. शर्माले संघको अक्टोवरमा सम्पन्न निर्वाचनमा अनियमितता बारे छानविन गर्न खोज्दा पराजित समूहले चासो नदेखाएको बताए । उनले न्याययिक छानविन छोडेर राजनीतिक नेतृत्वबाट समस्याको समाधान खोज्न हिड्नु गलत भएको बताए ।