काठमाडौं । पछिल्लो एक महिना यता वैदेशिक रोजगारीका लागि १८७ जना नेपाली बेलायत गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पसयता बेलायत जानका लागि १८७ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन । जसमा ११५ जना पुरुष र ७२ जना महिला रहेका छन् ।
१८४ जना व्यक्तिगत श्रम स्वीकृति मार्फत गएका हुन् भने ३ जना मेनपावर व्यवसायीमार्फत गएका गएको तथ्याङकमा उल्लेख गरीएको छ । यसअघि मंसिरमा २१३ जनाले बेलायतका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका थिए ।
जसमा १२२ जना पुरुष र १०९ जना महिला थिए । ती सबै व्यक्तिगत श्रम स्वीकृति मार्फत बेलायत गएका थिए ।
५१ नेपाली अमेरिका गए
पछिल्लो एक महिनाको अवधिमा ५१ जना नेपाली वैदेशिक रोजगारीका लागि अमेरिका गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुस महिनामा अमेरिका जानका लागि ५१ जना नेपालीले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा ४४ जना पुरुष र ७ जना महिला रहेका छन् ।
ती सबै व्यक्तिगत श्रम स्वीकृतिबाट अमेरिका गएको तथ्याङकमा उल्लेख गरीएको छ । जसमा ३८ जना (३४ पुरुष र ४ महिला) ले श्रम स्वीकृति लिएका हुन । बाँकी १३ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् । मंसिर महिनामा भने ७२ जना अमेरिका गएका थिए । जसमा ६५ जनाले श्रम स्वीकृति लिएका थिए भने ७ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।