काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख मालपोत अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बिहीबार मालपोत कार्यालय, बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम के.सी. सहित ९ जना उपर सार्वजनिक सम्पत्ति हानी एवं गलत लिखत तयार गरी/गराई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।