१२ श्रावण २०८१, शनिबार
Follow Us

एनआरएनएको तीन दिने कार्यशाला गोष्ठी चन्द्रागिरीमा सुरु

नेपालब्रिटेन डट कम्
७ माघ २०८०, आईतवार ०६:१३

काठमाण्डौं । गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को ३ दिने कार्यशाला गोष्ठी शनिवारदेखि चन्द्रागिरी हिल रिसोर्टमा सुरु भएको छ ।

गैरआवासीय नेपाली संघको आगामी दुई वर्षको लागि कार्ययोजना बनाउने उदेश्यले हुन लागेको सो कार्यशालामा दुई दर्जन देशका ७० भन्दाबढी प्रतिनिधिहरु सहभागी छन् । भने अन्य पदाधीकारी तथा सदस्यहरू भर्चुअल माध्यमबाट सहभागि छन् । संघको अन्तराष्ट्रिय समन्वय परिषदको ९५ पूर्ण बैठक र कार्यशाला गोष्ठि संयुक्त रुपमा हुने संघले जनाएको छ ।
class=”alignleft size-full wp-image-142526″ />
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा हुने कार्यशालामा संस्थाका ८ विभागीय प्रमुखहरुले आ आफ्ना कार्ययोजना प्रस्तुत गर्नेछन् ।

कार्यशालाको पहिलो दिन आज नेपाल सरकार र गैरआवासीयहरुको लगानीमा संचालन हुन लागेको १० अर्ब लगानी परियोजना, गैरआवासीय नेपाली संघमा महिला सहभागिता, संस्थागत विकास, परोपकार तथा मानवीय सेवा, ज्ञान, सिप तथा प्रविधि, वैदेशिक रोजगार लगायतमा विषयगत रुपमा विभागीय प्रमुखहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

यसबाहेक एनआरएनए संस्थालाइ कसरी सञ्चालन गर्ने एजेण्डा तय गरिने र पुस्ता हस्तान्तरण कसरी गर्ने भनेर समेत गोष्ठीमा छलफल गरिने अध्यक्ष केसीले बताउनुभयो । बैठक सोमवारसम्म सञ्चालन हुनेछ ।