११ फाल्गुन २०८०, शुक्रबार
Follow Us

सन्तोषको संगीत र स्वरमा ‘म बाँचेर के भो ?’

नेपालब्रिटेन संवाददाता
१० माघ २०८०, बुधबार ०५:३२

काठमाडाैं । कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल ‘म बाँचेर के भो’ सार्वजनिक भएको छ । विश्व कीर्तिमानी लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठको सङ्गीत एवम् स्वर रहेको गजलको भिडियो सार्वजनिक भएको हो ।

कविता, गीत, गजल, समीक्षा, समालोचना, उपन्यास, खण्डकाव्य र महाकाव्यमा कलम चलाउँदै आएकी कृष्णादेवी अहिले सांगीतिक गजलमार्फत देशको समसामयिक अवस्थालाई चित्रित गरेकी छन् । उनको गजललाई सन्तोष श्रेष्ठको संगीत र स्वरले श्रवणीय र मधुर बनाएको छ ।

वीरेन्द्र भाट ‘विपिन’को छायांकन र सम्पादन रहेको भिडियोमा संगीतकार र गायक श्रेष्ठ स्वयंले अभिनय गरेका छन् । गजलको श्रव्यदृश्यलाई गोल्डेन क्रियसनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।