१९ बैशाख २०८१, बुधबार
Follow Us

विदेशमा अध्ययनरत विद्यार्थीकोे सहयोगार्थ एनआरएनएले हेल्पडेक्स स्थापना गर्ने

नेपालब्रिटेन डट कम्
११ माघ २०८०, बिहीबार ०१:४९

लण्डन । अध्ययनको सिलसिलामा विश्वका विभिन्न शहरमा पुगेर दुःख पाएका नेपाली विद्यार्थीहरुको सहयोगार्थ गैरआवासीय नेपाली संघले हेल्पडेक्स स्थापना गर्ने भएको छ ।

संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा गत सोमवार चन्द्रागिरिमा बसेको संघको बैठकले एक उच्चस्तरिय समिति गठन गर्दै संघको केन्द्रीय कार्यालयमा सो हेल्पडेक्स स्थापना गर्न लागेको हो ।

यस्तै बैठकले नेपाल सरकार तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला तथा बाल अधिकार परिषद्को सहकार्यमा गैरआवसीय नेपाली संघले नेपाल सरकारसंगको सहकार्यमा २०५० सम्ममा नेपालका सडकलाई बालबालिका रहित बनाउने निर्णय गरेको छ ।

हाल संघको अग्रसरतामा ५० जना बालबालिकाहरुको पठनपाठनमा भएको सहयोगलाई विस्तार गर्ने निर्णय गरेको छ ।