१२ श्रावण २०८१, शनिबार
Follow Us

कोशीमा ग्रामथान गाउँपालिका अध्यक्ष बेहोस

नेपालब्रिटेन संवाददाता
११ माघ २०८०, बिहीबार ०६:१०

राष्ट्रिय सभा निर्वाचनका लागि विराटनगर आएका मोरङको ग्रामथान गाउँपालिका प्रमुख जयप्रकाश गच्छदार थारु बेहोस भएका छन् ।

उनी बुधबार राति बेहोस भएर ढलेपछि उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको स्रोतले जानकारी दिएको छ । राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्टर्न स्टारमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थारु बुधबार साँझ ७:१० बजेतिर बेहोस भएर ढलेका थिए ।

होटलमा खाना खाने बेलामा थारु बेहोस भएपछि उपचारका लागि सुरूमा पारस अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि नोबेल शिक्षण अस्पताल लगिएको हो । भेन्टिलेटरमा राखेर गाउँपालिका अध्यक्ष थारुको उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ ।