१२ श्रावण २०८१, शनिबार
Follow Us

हात्तीछाप ट्रेलर रिलिज

नेपालब्रिटेन संवाददाता
११ माघ २०८०, बिहीबार ०६:११

काठमाडौं । फिल्म ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक गरिएको छ ।सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकारहरुलाई देखाइएको छ । ट्रेलरमा भुकम्पको कथादेखि राजनीतिक कथालाई समेत जोडिएको छ ।

सिमोस सुनुवारले निर्देशन रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविन बास्तोला लगायतका कलाकारको अभिनय छ ।

माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्ममा पुष्कर गुरुङ, अमला देवी राई र जय श्रेष्ठ निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।