१२ श्रावण २०८१, शनिबार
Follow Us

हुण्डी कारोबार गरेको आरोपमा अनामनगरबाट २ जना पक्राउ

नेपालब्रिटेन संवाददाता
१२ माघ २०८०, शुक्रबार ११:४०

काठमाडौं । प्रहरीले काठमाण्डुको अनामनगरबाट हुण्डी कारोबार गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनामनगरका युवराज प्रसाईँ र सुनसरी घर भइ काठमाडौंको नयाँवस्ती बस्ने विश्वास राई रहेको प्रहरीले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई हुण्डी कारोबार हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई प्रकाउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन ।

राईको बौद्ध नयाँ बस्तीमा रहेको सटर कोठाबाट ३० लाख १८ हजार रुपैयाँ नगद, २ थान ल्यापटप र ५ थान मोबाइल वरामद गरिएको पनि प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।