११ श्रावण २०८१, शुक्रबार
Follow Us

बीआरआईले दक्षिण एसियमा नयाँ सम्भावनाको ढोका खोल्दैछः नारायणकाजी

नेपालब्रिटेन संवाददाता
१३ माघ २०८०, शनिबार १२:५३

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक विकास र स्थिरतामा चिनियाँ सहयोग महत्वपूर्ण रहेको बताएका छन् ।

शनिबार राजधानीमा शनिबार आयोजित कार्यक्रममा श्रेष्ठले सडक, पुल र ऊर्जालगायत ठूला परियोजनामा चीनले नेपाललाई महत्वपूर्ण सहयोग गरेको बताए । चीनको सहयोगले द्विपक्षीय सम्बन्ध मात्र बलियो बनाउने काम मात्र नगरी क्षेत्रीय सहयोग र आपसी एकतामा महत्वपूर्ण योगदान गरेको बताए ।

नेपाल र चीनबीचको दीर्घकालीन सामाजिक–आर्थिक सम्बन्ध साझा विकासको दृष्टिमा अनुपम नमूना भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले दिगो विकास र समावेशी समृद्धिको लक्ष्य प्राप्तिमा आपसी प्रयास आवश्यक रहेकामा जोड दिए ।

चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजना दक्षिण एसियाको आर्थिक परिदृश्यलाई आकार दिने महत्वपूर्ण साधन भएको बताए । बीआरआईले कनेक्टिभिटी, पूर्वाधार विकास र आर्थिक सहयोग अभिवृद्धिमा जोड दिएको बताए ।

बीआरआईले दक्षिण एसियाली क्षेत्रमा नयाँ सम्भावना खोल्ने, व्यापारलाई सहज बनाउने र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने दाबी उनको छ । नेपाल–चीन सम्बन्ध सदियौँ पुरानो तथा पारस्परिक सम्मान, समझदारी र सहयोगमा आधारित रहेको श्रेष्ठले उल्लेख गरे । पछिल्ला वर्षहरुमा नेपाल–चीन सम्बन्धमा उल्लेखनीय प्रगति भएको भन्दै उनले त्यसबास दुई मुलुकबीच सहकार्यका लागि नयाँ ढोका खुलेको बताए ।