बागलुङ । एमाले महासचिव शंकर पोखरेलले जनतामाझ सबैभन्दा लोकप्रिय पार्टी एमाले भएको दाबी गरेका छन् ।
पार्टीको बागलुङ जिल्ला कमिटीले शनिबार गलकोटमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले मुलुकको विकास निर्माण, जनताको मृद्धि र राष्ट्र हितलाई केन्द्रमा राखेर काम गर्ने पार्टी एमाले मात्र भएको जिकिर गरे ।
यद्यपि पार्टी संगठनमा भने रुपान्तरणको खाँचो रहेको पोखरेले औंल्याए । पोखरेलले वर्तमान सरकारका कारण जनतामा निराशा बढेको भन्दै सरकार अर्थतन्त्र सुधार र विकास निर्माणका काममा पूर्णतः असफल भएको आरोप लगाए । सरकारले राजश्व संकलनमा ध्यान नदिँदा कर्मचारीलाई मासिक तलब खुवाउनै कठिन भएको उनको भनाइ थियो ।