१८ जेष्ठ २०८१, शुक्रबार
Follow Us

माओवादी केन्द्रले संसदीय दलको बैठक बोलायो

नेपालब्रिटेन संवाददाता
२० माघ २०८०, शनिबार १३:१८

काठमाडौं । सत्ता रुढदल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । सोमबार बिहान साढे ८ बजे संसदीय दलको बैठक आह्वान भएको माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले जानकारी दिएका छन ।

उक्त बैठक सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने उनले जानकारी दिएका छन । उनले भने, ‘संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषयहरुका सम्बन्धमा दलको बैठक बस्न लागेको हो’। हिउँदे अधिवेशन सोमबार देखि नै सुरु हुँदैछ ।