११ श्रावण २०८१, शुक्रबार
Follow Us

हलिउड चर्चित अभिनेता ब्रुस डर्नसँग दयाहाङ राई

नेपालब्रिटेन संवाददाता
२१ माघ २०८०, आईतवार ०६:१९

काठमाडौं । हलिउडका चर्चित अभिनेता ब्रुस डर्नसँग अभिनेता दयाहाङ राईले स्क्रीन सेयर गरेका छन् । फिल्म ‘भूठान’मा उनले डर्नसँग स्क्रीन सेयर गरेका हुन् । फिल्मका निर्देशक विनोद पौडेलले फिल्मको प्याकअप भएको जानकारी गराउदै दया र डर्नसँगै भएको तस्विर सार्वजनिक गरेका छ्न् ।

तस्विरमा दया अमेरिकन आर्मीको गेटअपमा छन् भने ब्रुस व्हिल चेयरमा रहेका छ्न्। पौडेले यस् फिल्मका लेखक पनि हुन् । म्याड मंकी फिल्मस्ले निर्माण गरेको फिल्ममा हलिउडकै भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, ठकुराठी ब्रोस र नेपालबाट अवेकन प्रोडक्सन जस्ता कंपनिले सहकार्य रहेको छ ।

कौशिला खनाल कर्मचार्य, एलएन अधिकारी, अपार श्रेष्ठ तथा रमेश भट्ट फिल्ममा कार्यकारी निर्माताका रुपमा रहेका छन् भने राजेन्द्र ठकुराठी, अभिताव जोशी र अविरल थापा यसका निर्माता हुन् ।

अंग्रेजीमा ‘द वर्ल्डस् ह्यापियस्ट म्यान’ नामाकरण गरिएको फिल्ममा हरिवंश आचार्य, दयाहाङ राई, पुजा चन्द लामा, रिचा घिमिरे, भुवन प्याकुरेल, अदिति प्याकुरेल, कौशिला खनाल कर्मचार्यका अलावा भारतीय कलाकार अनुराधा मजुमदार तथा विश्वविख्यात हलिउड अभिनेता ब्रुस डर्न लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

निर्देशक पौडेलले यस् अघी फिल्म ‘बुलबुल’ निर्माण गरेका थिय ।उक्त फिल्मले नेपाली बक्स अफिसमा राम्रो कमाई गर्नुका साथै थुप्रै फिल्म फेस्टिभलमा छनौट भएर अवार्ड समेत हात पारेको थियो ।