१२ श्रावण २०८१, शनिबार
Follow Us

अहेबद्वारा स्वास्थ्यचौकीभित्रै बालिका बलात्कार

नेपालब्रिटेन संवाददाता
२१ माघ २०८०, आईतवार ०६:२४

खोटाङ । खोटाङमा बालिका बलात्कार आरोपमा पक्राउ परेका अहेबलाई छाड्न प्रहरीमाथि दबाब परेको छ ।

प्रहरीले बलात्कार आरोपमा बराहपोखरी गाउँपालिका–२ सुन्तलेका २२ वर्षीय सन्तोष मगरलाई गत ११ माघमा पक्राउ गरेको थियो । पीडक पक्षले घटना गाउँमै मिलापत्र गर्न पीडित परिवारलाई दबाब दिएको छ । पीडित बालिकाले पीडकका बाबुसहित परिवारका सदस्यले मिलापत्र गर्न पटकपटक दबाब दिँदै आएका पीडित बालिकाले जानकारी दिइन् ।

खोटाङ प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम खड्काले मिलापत्र गराउन दबाब दिएको पाइए कारबाही हुने बताए । मगरलाई जिल्ला अदालत खोटाङबाट दोस्रोपटक बुधबार पुनः सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

सुन्तले स्वास्थ्य चौकीमा कार्यरत अहेब मगरले स्वास्थ्य चौकीभित्रै गत २९ पुसमा बलात्कार गरेका थिए । बालिका मामाघरकी हजुरआमाको स्वास्थ्य परीक्षण गराउन स्वास्थ्यचौकी गएकी थिइन् ।

हजुरआमालाई एउटा कोठामा पर्खाएर उनको स्वास्थ्य अवस्था बुझ्न भन्दै नातिनीलाई अर्कै कोठामा लगेर बलात्कार गरेका थिए । बलात्कारपछि मगरले घटनाबारे कसैलाई भने हत्या गर्ने धम्की दिएको पीडित बालिकाको भनाइ छ ।