मुख्य समाचार

८ कुडिआमा फेरि झडप


रौतहट–रौतहटको राजपुर नगरपालिका ८ कुडिआमा फेरि झडप भएको छ। झडपका क्रममा प्रहरीले २१ राउण्ड अश्रुग्यास र ८ राउण्ड हवाइ फायर गरेको छ ।

मुस्लिम समुदायको मुहरर्म पर्व मनाउन गएका युवाहरूले हिन्दुहरुले मनाउने पर्व छठ घाटमा झण्डा गाडेपछि सुरु भएको विवाद अझै साम्य हुन नसकेको हो ।

बिहीबार बिहान झण्डा हटाउने विषयमा सर्वपक्षीय सहमति जुटेपछि प्रहरीले झण्डा हटाएकोमा केही मुस्मिल युवाको समूहले फेरि झण्डा गाड्न थालेपछि तनाव सिर्जना भएको र स्थितिलाई नियन्त्रणमा लिँदा प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नविन कार्कीले जानकारी दिए । सो क्रममा केही व्यक्तिहरु घाइते भएको बताइएको छ ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्