१२ श्रावण २०८१, शनिबार
Follow Us

गर्भवती प्रहरीलाई अब छुट्टै पोसाक दिइने

नेपालब्रिटेन संवाददाता
२१ माघ २०८०, आईतवार १३:२२

काठमाडौँ । नेपाल प्रहरीले गर्भवती महिला प्रहरीलाई अब छुट्टै पोसाक दिने भएको छ । अहिलेकै पोसाकमा गर्भवती महिला प्रहरीलाई ड्युटी गर्न गाह्रो हुने भएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सहज हुने पोसाक दिने निर्णय गरेको हो ।

नेपाल प्रहरीमा रहेको ८० हजार जनशक्तिमा सात हजार महिला प्रहरी कर्मचारी छन् । बुधबार बसेको प्रहरीको नीति समन्वय समितिको बैठकले डाक्टर तथा नर्सहरूले प्रयोग गर्ने गाउनजस्तै पोसाक गर्भवती महिला प्रहरीलाई दिने निर्णय गरेको छ ।

प्रहरीका अन्य पोसाक वितरणलाई थप व्यवस्थित गर्न पनि प्रहरी प्रधान कार्यालयले छलफल थालेको छ । सिभिलमा काम गर्ने प्रहरीलाई अन्य कपडा खरिदका लागि नगद नै दिने तयारी छ । साथै, कतिपय चुस्त र कार्यालयको काममा लगाउने कपडा पनि आवश्यकताअनुसार वैज्ञानिक ढंगले वितरण गर्ने प्रहरी तयारी छ ।