१२ श्रावण २०८१, शनिबार
Follow Us

सरकारी जग्गाको अतिक्रमण बढेको भन्दै सरकारको ध्यानाकर्षण

नेपालब्रिटेन संवाददाता
२८ माघ २०८०, आईतवार १४:०१

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले देशभर रहेका सरकारी जग्गाको अतिक्रमण बढेको भन्दै संरक्षणमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले बाँसबारी छालाजुत्ता, ललिता निवास, टिकापुरलगायत अतिक्रमित सरकारी जग्गाको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

सांसद महेशकुमार महराले सामाजिक न्याय र सुशासनका लागि सबैले एक भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले द्वन्द्वका घाइतेको अझै उपचार हुन नसकेको उल्लेख गर्दै संक्रमणकालिन न्यायसम्बन्धि विधेयकलाई चाँडै निष्कर्षमा पुर्‍याउनुपर्ने बताउनुभयो ।

सांसद रामचन्द्र राईले निजामती ऐन नबन्दा राज्यको सङ्घीय तथा सुशासन कायम हुन नसकेको बताउनुभयो । उहाँले सुशासनलाई व्यवस्थित गर्न सरकारले महालेखा परीक्षक तत्काल नियुक्ति गर्नुपर्ने बताउँदै सरकारले आर्थिक मन्दी घटाउन पूँजीगत खर्च बढाउनुपर्ने उल्लेख गर्नुभयो ।