१२ श्रावण २०८१, शनिबार
Follow Us

नुवाकोटका ६ वर्षीय बालकले सबै देशको झन्डा चिन्ने

नेपालब्रिटेन संवाददाता
२८ माघ २०८०, आईतवार १४:११

काठमाडौं । नुवाकोट तारकेश्वर स्थायी निवासी ६ वर्षीय बालक विश्वास अधिकारीले विश्वका सबै देशका झन्डा र ती देशमा रहेका टापुहरू चिन्न सक्ने उनको परिवारीक स्रोतले दाबी गरेको छ ।

आज आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनको प्रतिभाबारे जानकारी गराइएको हो । उनकी आमा कल्पना थापा (अधिकारी)ले परिवारको कुनै सहयोगबिनानै विश्वासले आफैँ ती देशहरूको झन्डा र टापुहरू चिनेको बताएकी छन ।

अब आफूहरूको लक्ष्य विश्वासको प्रतिभाको सम्मान स्वरूप ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन पहल गर्ने रहेको उनले बताएकी छन । उनले भनिन्, ‘हाम्रो लक्ष्य भनेको बाबुको नाम ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा लेखाउने नै हो ।

सानै उमेरमा यतिधेरै प्रतिभा भएकाले भोलिका दिनमा केही सपोर्ट हुन्छ कि भनेर नै हामी लागिपरेका छौं’। विश्वास जोरपाटीस्थित एक स्कुलमा युकेजीमा पढ्छन् । कार्यक्रमकै क्रममा पनि उनलाई विभिन्न देशका झन्डाहरू देखाइएको थियो । उनले ती झन्डाहरू सहजै चिनेका थिए ।