१२ श्रावण २०८१, शनिबार
Follow Us

पानी भरिएको बाल्टीमा डुबेर बालिकाको मृत्यु

नेपालब्रिटेन संवाददाता
६ फाल्गुन २०८०, आईतवार ०६:४०

कैलाली । कैलालीमा पानीको बाल्टीमा डुबेर बालकको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ शान्तिनगरकी सृतना चौधरीकी छोरी १ वर्षीया आरोहीको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

नल्कामा भरेर राखिएको पानीको बाल्टीमा डुबेर आरोहीको मृत्यु भएको प्रहरीले जनाएको छ । डुबेर गम्भीर घाइते भएकी उनको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।