१९ बैशाख २०८१, बुधबार
Follow Us

भूपूगोर्खाका माग बारे प्राविधिक स्तरको बैठक सम्पन्न

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०८०, बिहीबार ०४:०९

लण्डन । भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरुको सहभागितामा बुधवार रक्षा मन्त्रालयमा प्राविधिक स्तरको वैठक सम्पन्न भएको नेपाली दूतावास लण्डनले जनाएको छ ।

वैठकमा भूपू गोर्खाहरुका पेन्सन, अध्यागमन लगायतका विषयहरुमा विस्तृत छलफल भएको थियो ।

बेलायती रक्षा मन्त्रालयले भूपू गोर्खाहरुले उठाएका विषयहरुमा बिभिन्न सम्बन्धित निकाय तथा पदाधिकारीहरुसँग आन्तरिक छलफल गरी आगामी वैठकहरुमा जानकारी गराउने बताएको छ।

बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी महासेनानी अनुप शाह तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट मेजर (अप्रा) जुदबहादुर गुरुङ्ग, मेजर (अप्रा) उदयबहादुर गुरुङ्ग, पुष्पा राणा घले तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय, गृह मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता रहेको थियो।