१८ जेष्ठ २०८१, शुक्रबार
Follow Us

घाँटीमा चक्कु प्रहार गरेर श्रीमतिको हत्या

नेपालब्रिटेन संवाददाता
१२ फाल्गुन २०८०, शनिबार ०६:१९

रोल्पा । रोल्पामा एक युवकले श्रीमतीको हत्या गरेका छन् । प्रहरीका अनुसार माडी गाउँपालिका–१ जयलखसेका ३२ वर्षीय भीमबहादुर बुढाले श्रीमती २८ वर्षीया मनकुमारी बुढाको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

मदिरा सेवन गरी भीमबहादुरले घाँटीमा चक्कु प्रहार गर्दा मनकुमारीको घटनास्थलमै मृत्यु भएको हो । बुढालाई इलाका प्रहरी कार्यालय घर्ती गाउँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाउको छ ।