१५ बैशाख २०८१, शनिबार
Follow Us

नवनियुक्त ३ विनाविभागीय मन्त्रीले लिए सपथ

नेपालब्रिटेन डट कम्
२१ फाल्गुन २०८०, सोमबार १२:०४

काठमाडाै। सोमबार नियुक्त भएका ३ जना मन्त्रीहरुले सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले निवासमै मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

सपथ लिनेहरुमा रास्वपाका डिपि अर्याल, एमालेका पदम गिरी र माओवादी केन्द्रका हितबहादुर तामाङ रहेका छन् । उनीहरु तिनैजनाले विनाविभागीय मन्त्रीको शपथ लिएका हुन् ।