१६ बैशाख २०८१, आईतवार
Follow Us

एक्टरमा दीलिप रायमाझीकी छोरी दिव्या

नेपालब्रिटेन संवाददाता
२२ फाल्गुन २०८०, मंगलवार ०६:२९

काठमाडौं । अभिनेता दीलिप रायमाझीकी छोरी दिव्या रायमाझी फिल्म एक्टरमा’ मा जोडिएकी छिन् । उनले फिल्म ‘एक्टर’मा काम गर्न लागेकी हुन् । गत बिहीबार दिव्याको तर्फबाट आमा मञ्जु रायमाझी र ‘एक्टर’का निर्माता थम्मन कुमार भण्डारीबीच कागजी सम्झौता भएको छ । फिल्ममा अभिनेत्री आना शर्मा र अभिनेता राजबल्लभ कोइरालको पनि मुख्य भूमिका रहनेछ ।

राजबल्लभले करिब ९ वर्षपछि फिल्ममा कमब्याक गर्न लागेका हुन् ।आगामी बैशाखको अन्तिम साताबाट छायांकन सुरु गर्न लागिएको फिल्मलाई २०८१ सालको कात्तिक १५ गते लक्ष्मीपूजामा प्रदर्शन गरिने भएको छ ।‘एक्टर’लाई राजन भुसालले निर्देशन गर्नेछन् । यही फिल्मबाट उनले निर्देशनमा डेब्यू गर्न लागेका हुन् । फिल्मको सह-निर्मातामा एनिस भुसाल र सार्थक केसी रहेका छन् ।