काठमाडौं । सोमबार बिना विभागीय हैसियतमा सपथ लिएका तीन मन्त्रीको मन्त्रालय करिब टुंगो लागेको छ ।
एमाले, माओवादी, रास्वपा र जसपाबीच नयाँ सत्ता समीकरण बनेसँगै सोमबार एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डोलप्रसाद अर्यालले सोमबार सपथ लिएका थिए । तर, मन्त्रालयको टुंगो भने लागेको छैन ।
तीन दलबीचको सहमतिअनुसार गिरीले स्वास्थ्य, तामाङ ऊर्जा, जलश्रोत तथा सिंचाई र अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाउने करिब निश्चितजस्तै छ । केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि बनेको सरकारमा गिरी छोटो समयका लागि स्वास्थ्यमन्त्री बनेका थिए ।