ताजा खबर
घिमिरेको गीतमा पीडाको कथा
काठमाडौं । जयराम घिमिरेको आवाजमा सत्य घटनामा आधारित ‘दैव कस्तो परीक्षा लियौ’ बोलको गीत सार्वजनिक भएको छ । घिमिरेकै शब्दमा तयार भएको उक्त गीतमा गायक घिमिरेलाई सीमा थापा उप्रेतीले साथ दिनुभएको छ ।
गीतको लय तथा एरेन्ज सुफिक्स मदनको रहेको छ भने मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनीले गर्नुभएको छ । उमेश कार्की युके निर्देशित गीतमा सुमन बिन्दा, रिया पन्त, अनु बस्नेत लगायतको अभिनय रहेको छ ।
जयराम घिमिरे युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतको भिडियो मरुभूमी नारायणले खिच्नुभएको हो । मुख्यतया गीतमा पीडा र वेदनाको कथा उजागर गरिएको गायक घिमिरेले बताउनुभयो ।

