२० बैशाख २०८१, बिहीबार
Follow Us

त्रिशुलीमा बस दुर्घटना : ६ जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०८०, बुधबार ०३:०८

काठमाडौं। कपिलबस्तुबाट काठमाडौं आउँदै गरेको रात्रीबस त्रिशुलीमा खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको छ। त्यस्तै ४१ घाइतेको उद्धार गरी उपचार भइरहेको जनाइएको छ। मृतकमध्ये ५ जना पुरुष र १ जना महिला रहेका प्रहरीले जनाएको छ।

लु २ ख २१२१ नम्बरको यात्रुबाहक बस आज बिहान ५ बजे धादिङको गजुरी-५ घाटबेशीमा अनियन्त्रित भई त्रिशुली नदिमा खसेको थियो।

बसमा अनदाजी ५१ जना सवार थिए। ४१ जना घाईतेको उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको प्रहरीले जनाएको छ।