१४ असार २०८१, बिहीबार
Follow Us

एनआरएनएले आज नारी दिवस मनाउने

नेपालब्रिटेन डट कम्
२४ फाल्गुन २०८०, बिहीबार ०४:३७

लण्डन । गैरआवासीय नेपाली संघले अन्तर्राष्ट्रिय नारी दिवस मनाउने तयारी गरेको छ । गैरआवासीय नेपाली संघको महिला संयोजक अनुजा प्रधानका अनुसार संघले आज (मार्च ७ तारिख) मा भरर्चुअल माध्यमबाट सो दिवस मनाउन लागिएको हो ।

महिलामाथि लगानी गरौं, प्रगति तीब्र पारौं भन्ने मुल नारा सहित गतवर्षहरुमा जस्तै अन्तर्राष्ट्रिय नारी दिवस विश्वव्यापी रुपमा मनाईदैछ ।

नेपाली समय साँझ ५ बजे देखि शुरु हुने सो कार्यक्रममा सहभागी हुन् गैरआवासीय नेपाली संघले आब्हान गरेको छ ।
कार्यक्रममा महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुली, कांग्रेस नेतृ महालक्ष्मी (डिना) उपाध्ययाय, समाजशास्त्री डा. मिना पौडेल, ब्लाईन्ड रक्सकी सृष्टी केसी, पौरखी नेपालकी संस्थापक मन्जु गुरुगं, पूर्वमन्त्री शशि श्रेष्ठ, मानवअधिकार आयोगकी सदस्य लिली थापा लगायतले सम्बोधन गर्ने कार्यक्रमतय गरिएको छ ।


नारी दिवसको प्रचलन

सन् १९०८ मा न्यू योर्क सिटीमा १५ हजार महिलाहरूले कामको घण्टा छोट्याउन, राम्रो तलब दिन र आफूलाई मतदानको अधिकार प्राप्त होस् भनेर गरेको प्रदर्शनदेखि बीजारोपण भएको थियो।

त्यसको एक वर्षपछि द सोसलिस्ट पार्टी अफ अमेरिकाले पहिलो राष्ट्रिय नारी दिवस घोषणा र्गयो।

उक्त दिनलाई अन्तर्राष्ट्रिय बनाउने विचार चाहिँ क्लारा जेटकिन नामकी कम्युनिस्ट अभियानकर्मी र महिला अधिकारवादी महिलाले अगाडि सारेकी थिइन्।

उनले उक्त विचार कोपेनहागनमा कन्फरेन्स अफ वर्किङ विमिन नामको सन् १९१० मा भएको सम्मेलनमा सुझाव दिएकी थिइन्। त्यो सम्मेलनमा १७ देशका १०० जना महिला सहभागी थिए। र उनीहरूले त्यस सुझावलाई सर्वसम्मत रूपमा सहमति जनाएका थिए।

जनसङ्ख्यामा महिला अघि पुरुष पछि, चुनावी राजनीतिमा पुरुष अघि महिला पछि त्यो पहिलो पटक सन् १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्वीट्जरल्यान्डमा मनाइएको थियो। त्यसको सयौँ वर्ष सन् २०११ मा मनाइएको थियो। त्यसैले यो वर्ष पनि महिलाहरुले नारी दिवस मनाउने तयारीमा जुटेका हुन् ।