२० बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए बेल्जियमले मनायो नारी दिवस

नेपालब्रिटेन डट कम्
२५ फाल्गुन २०८०, शुक्रबार २२:०८

ब्रुज । गैरआवासीय नेपाली संघ बेल्जियमले अन्तराष्ट्रिय नारी दिवस मनाएको छ । संघको आयोजनामा ब्रुजमा शुक्रवार आयोजित कार्यक्रमलाई बेल्जियमका लागि नेपाली राजदूत गहेन्द्रराज भण्डारीले सम्बोधन गरेका थिए । राजदूत भण्डारीले नेपाली महिला सशक्तिकरणको लागि सहयोग गर्न संघलाई आब्हान गरे । उनले दुतावास बेल्यिममा रहेका नेपाली समुदायसंग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

महिला उपाध्यक्ष तथा कार्यक्रम संयोजक शावित्री गिरीको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्ने महिलाहरुले नेपाली महिलाहरुको हकहित र अधिकारका बारेमा आआफ्ना भनाईहरु राखे ।

कार्यक्रममा उपस्थित एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाले संघका गतितिविधिको बारेमा बोलेकी थिइन् ।

महिला संयोजक शारादा धितालले स्वागत मन्तव्य दिएको कार्यक्रममा संघका पूर्व महिला संयोजकहरुलाई सम्मान गरिएको थियो । ब्रुज क्षेत्रीय संयोजक लक्ष्मी रेग्मीले आगन्तुक अतिथिहरुलाई स्वागत गरिन् ।

कार्यक्रम संघकी महासचिव रुविना शर्माले संचालन गरेकी थिइन् । कार्यक्रमका लागि संघकी अन्तराष्ट्रिय महिला संयोजक अनुजा प्रधानले शुभकामना पठाएकी थिइन् ।