१३ जेष्ठ २०८१, आईतवार
Follow Us

पार्टी कार्यालयमा आक्रमण हुनु आपराधिक घटना हो: राजेन्द्र लिङ्देन

नेपालब्रिटेन संवाददाता
२७ फाल्गुन २०८०, आईतवार १३:४७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण हुनु आपराधिक घटना भएको बताएका छन । आज आइतबार पार्टी कार्यालयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक चलिरहँदा केही युवाहरूको समूहले अध्यक्ष लिङ्देनकै कार्यकक्ष नजिक श्रेष्ठमाथि आक्रमण गरेका थिए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन । उनले पार्टी कार्यालयभित्र पार्टीको पदाधिकारीमाथि आक्रमण हुनु आपराधिक घटना भएको दाबी गरेका छन । पार्टीले दोषिउपर कारबाही हुनुपर्ने निर्णय गरेको पनि उनले बताएका छन ।

उनले पार्टीले अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने निर्णय भएको बताएका छन । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय प्रजातन्त्र पार्टीले अगाडी सारेको आन्दोलनको कार्यक्रम लगायत विभिन्न विषयहरूमा छलफल भएको लिङ्देनले बताए । त्यस्तै बैठकमा नवीन राप्रपा कार्य योजनाको सन्दर्भमा पनि छलफलहरू भइराखेको उनले बताए ।