ताजा खबर
पुनर्निर्माण प्राधिकरणका इञ्जिनियरहरु सामूहिक राजीनामा दिएर आन्दोलनमा
काठमाडौ । आफ्ना मागका बारेमा कुनै सुनुवाइ नभएको भन्दै राष्ट्रिय पुननिर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरुले सामूहिक राजीनामा दिएका छन् । पुननिर्माण प्राधिकरणले प्रत्येक वर्ष दिने भनेको अतिरिक्त सुबिधाहरुबाट बञ्चित गराइएको भन्दै ३२ जिल्लाका प्राविधिकहरुले सामूहिक राजीनामा दिएका हुन ।
प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा राजीनामा बुझाउने क्रममा उनीहरुले प्रर्दशन समेत गरेका थिए । प्रर्दशनका क्रममा प्राविधिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्राधिकरणले दिने सुविधाहरु नपाएर चरणबद्ध आन्दोलन गरेको महिनौ बितिसक्दा पनि मागहरु पुरा नहुने देखेपछि बाध्य भएर राजीनामा बुझाउनु परेको प्राबिधिकहरुले बताएको छन ।

