२१ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाली फिल्म फेस्टिभल-२०२४’ लण्डनमा आयोजना हुने

नेपालब्रिटेन संवाददाता
२९ फाल्गुन २०८०, मंगलवार ०५:५१

लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल-२०२४’ आयोजना हुने भएको छ । बेलायतको लण्डनमा दोस्रोपटक यो महोत्सव हुन लागेको हो । थर्ड आई लिमिटेडका अध्यक्ष विकास देवकोटाले सात दिनसम्म महोत्सव चल्ने जानकारी दिए । आगामी जेठ २७ गतेदेखि असार १ गतेसम्म महोत्सव हुनेछ । महोत्सवमा १० वटा नेपाली फिल्म प्रदर्शन हुने जनाइएको छ ।

बेलायतमा नेपाली फिल्म फेस्टिभल आयोजना हुँदा नेपाली कला-संस्कृतिको प्रवर्द्धनमा ठूलो सघाउ पुग्ने अध्यक्ष देवकोटाको विश्वास छ । उनी भन्छन्, ‘हामी नेपाली परिवेश र नेपाललाई चिनाउने फिल्म देखाउनेछौं । यसले नेपाली फिल्मको बजार विस्तारमा टेवा पुर्‍याउनेछ भने नेपाली कला-संकृतिको प्रवर्द्धन गर्नेछ ।’ नेपालबाट ४० जना फिल्मीकर्मी महोत्सवमा सहभागी हुने जनाइएको छ ।

थर्ड आईले महोत्सवमा ५० वटा फिल्मको आवेदन पर्ने आशा गरेको छ । जसमध्ये दशवटा फिल्मलाई मनोनयन गरेर पाँचवटालाई अवार्ड प्रदान गरिनेछ । महोत्सवमा भाग लिन चाहने फिल्मका मेकरले थर्ड आइको फेसबुक पेजमा गएर आवेदन दिन सक्नेछन् । पछिल्लो समय बेलायत नेपाली फिल्मको बलियो बजार बनेको छ । यसैले लण्डन फिल्म फेस्टिभल प्रभावकारी हुनसक्ने देखिन्छ ।