५ बैशाख २०८३, शनिबार
Follow Us

एमाले अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज

नेपालब्रिटेन संवाददाता
५ बैशाख २०८३, शनिबार १५:३२

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।

२२ दिनको उपचारपछि उनी आज डिस्चार्ज भएका हुन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ उनी अस्पतालबाट डिस्चार्ज भएर भक्तपुरको गुण्डुस्थित निवास गएको उनको सचिवालयले जनाएको छ।

गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा जेन जेड आन्दोलनका घटनामा अनुसन्धान गर्न भन्दै प्रहरीले चैत १४ गते ओलीलाई पक्राउ गरेको थियो ।

प्रहरीले अस्पतालमै हिरासतमा राखेर उनीमाथि अनुसन्धान अघि बढाएको थियो ।

धेरै पढिएको